कमलरी र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

Freed kamlaris  protest 6मदन चौधरी, काठमाडौं– सरकार र कमलरी संघर्ष समितिको वार्ता बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा भएको वर्तामा संघर्ष समितिले मृतक परिवार राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा अडिग रेहपछि सहमति हुन नसकेको हो। ‘हामीले राहतका कुरा गरेपछि उहाँहरु अर्थमन्त्रालयसँग सल्लाह गर्नुपर्छ भने,’ वार्तामा सहभागी पूर्व सभासद् शान्ता चौधरीले भनिन्, ‘भोलि (बुधबार) १ बजे पुनः वार्तामा बस्नेछौं।’

वार्तामा संघर्ष समितिले आइतबार भएको प्रहरी दमनको छानबिन हुनुपर्ने, कमलरीका गहना र पैसा लुट्ने प्रहरीलाई कारबाही हुनुपर्नेसहित छ बुँदे माग प्रस्तुत गरेको थियो। सरकार भने कमलरीका मागप्रति संवेदनशील रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव उपेन्द्र अधिकारीले बताए। ‘उहाँहरुको मागबारे आजको वार्तामा छलफल भयो,’ उनले भने, ‘कमलरीका मागप्रति सरकार प्रतिबद्ध रहेकाले भोलि पुनः वार्तामा बस्नेछौं।’

समितिले मंगलबारै प्रहरी दमनविरुद्ध विरोध र्‍याली गरेको थियो। कमलरी प्रथा उन्मुलन संघर्ष समितिको आयोजनामा भएको र्‍यालीमा विभिन्न संघसंस्थाको सहभागिता थियो। कमलरीमाथि भएको दमनको विरोध गर्दै सहभागीहरुले गृहमन्त्री माधवप्रसाद घिमिरेको राजीनामा माग गरेका थिए। उनीहरुले प्रहरी निरीक्षक निशान थापालाई पनि कारबाही माग गर्दै नाराबाजी गरेका थिए। उनीहरुले ‘शासक सरकार चाहिँदैन, गृहमन्त्री राजीनामा दे, पैसा लुट्ने अपराधि प्रहरीलाई कारबाही गर’लगायत नारा लगाएका थिए।Freed kamlaris  protest 1

पूर्व कमलरीहरुले नारबाजी गरिरहँदा करिब सय संख्यामा उपस्थित महिला तथा पुरुष प्रहरी मुकदर्शक बनेका थिए। ‘प्रहरीको काम जनताको सुरक्षा दिने हो, न कि जनतमाथि दमन गर्ने,’ आयोजति धर्नामा सहभागी पूर्व कमलरी शान्ता चौधरीले भनिन्, ‘सक्छौं भने अपराधिलाई कारबाही गर, जनतामाथि दमन नगर।’

मुक्त कमलरीहरुले आफ्ना साथीहरुमाथि भएको प्रहरी दमनको चर्को विरोध गरे। ‘तिमीहरूले हामीमाथि अन्याय गर्‍यौं,’ खटिएका प्रहरीहरुलाई औंला देखाउँदै पूर्व कमलरी रामकुमारी चौधरीले भनिन्, ‘तिमीहरुका कारण हाम्रा साथीहरु जीवनमरणको दोसाँधमा छन्।’

अचेत अवस्थामा रहेका दुई जना कमलरीलाई नर्भिक अस्पताल पठाइएको छ। गम्भीर चोट लागेका उनीहरुलाई थप उपाचारका लागि अन्नपूर्ण अस्पतालले नर्भिकमा रेफर गरेको हो। रक्तश्राव र खुट्टामा गम्भिर चोट लागेका दाङकी उर्मिला चौधरी र कञ्चनपुरकी मीना चौधरीलाई थप उपचारका लागि नर्भिक पठाइएको हो।Freed kamlaris  protest 8

Leave a Reply to WilliamTum Cancel reply

Your email address will not be published.