कमलरीमाथि प्रहरी दमन (फोटो फिचर)

काठमाडौं- सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ। हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो। कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्‍वमा खटिएका प्रहरीले दमन गरेका हो।
प्रहरीको कुटाइबाट आधा दर्जन कमलरी घाइते भएका छन्। तीन जनाको अवस्था भने गम्भीर रहेको संयोजक फकला थारुले बताए। उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा दाङकी उर्मिला चौधरी, कैलालीका कमला चौधरी र सुजता चौधरी छन्। उनीहरु अझै बेहोस रहेको संयोजक थारुले बताए। बाँकी कमलरीलाई प्रहरीले हिरासतमा लिएको छ।

पुरुष प्रहरीले कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए। उनीहरुले ‘महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?’ भन्दै प्रश्‍न गरेका थिए।

मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।

राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए।attacj in kamalari girl-1 attacj in kamalari girl-2 attacj in kamalari girl-3 attacj in kamalari girl-4 attacj in kamalari girl-5 attacj in kamalari girl-6

 

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.