झरीले रोकेन कमलरीको धर्ना (फोटो फिचर)

Strike kamalari at Singhdarbar-1
काठमाडौं- सिंहदरबार घेराउ गर्न पुगेका मुक्त कमलरीहरु झरीको प्रवाहै नगरी धर्ना दिए। प्रहरीले दक्षिण गेट पुग्न नदिए पनि उनीहरु हनुमानथानमा भेला भएर सरकारविरुद्ध चर्का नाराबाजी गरे। ‘कमलरी राख्‍न पाइँदैन, कमलरीलाई मुक्त गर, सिर्जना चौधरीको हत्यारालाई कारबाही गर’ भन्दै उनीहरुले चर्का नाराबाजी गरे। उनीहरुलाई साथ दिन पूर्व कमलरी तथा पूर्व सभासद् शानता चौधरी र सुकदैया चौधरीले साथ दिएकी थिइन्।

हनुमानथानमा रोकिएका उनीहरुलाई प्रहरीले अगाडि बढ्न नदिएपछि सिटी बजाउँदै विरोध गरेका थिए। त्यतिमात्र हैन हस्तक्षेप गर्न खोजेका प्रहरीलाई उनीहरुले चप्पलै देखाएर विरोध गरे। ‘अधिकार त्यसै पाइँदैन भन्ने कुरा हामीले बुझेका छौं,’ पूर्व सभासद् तथा पूर्व कमलरी शान्ता चौधरीले भनिन्, ‘यदि समुन्द्रको भेलै आए पनि हाम्रो आन्दोलनलाई रोक्ने थिएन, झरी के नै हो र।’

सरकारको चाला यस्तै रहे भोलिदेखि आमरनसम्म बस्ने उनीहरुले चेतावनी दिए। ‘भोलिदेखि पश्चिम पाँच जिल्लाका प्रशासन कार्यालयमा धर्ना दिन्छौं,’ मुक्त कमलरी विकास मञ्चका अध्यक्ष तथा सहसंयोजक उर्मिला चौधरीले भनिन्, ‘काठमाडौंमा रिले अन्सन पनि जारी राख्छौं। परी आए आमरन अन्सन पनि बस्छौं।’

कमलरी मुक्ति घोषणा गरी पुनर्स्थापनाका लागि छुट्टै ऐन व्यवस्था हुनुपर्ने, मुक्त कमलरीलाई परिचयपत्र दिनुपर्ने, उनीहरूको शिक्षादीक्षा तथा सीपमूलक तालिमका लागि सरकारले सहयोग गर्नुपर्ने, कमलरी मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने र कमलरी बसेका बालिकाको तत्काल उद्धार गरी कमलरी राख्नेलाई कारबाही गर्नुपर्ने मागमा छ। आफ्ना माग सम्बोधन नभए जेठ २१ देखि तराईका सबै जिल्लामा अनिश्चितकालीन बन्द र आमहडताल गर्ने उनीहरूले बताएका छन्।
Strike kamalari at Singhdarbar-2 Strike kamalari at Singhdarbar-3 Strike kamalari at Singhdarbar-4 Strike kamalari at Singhdarbar-5 Strike kamalari at Singhdarbar-6 Strike kamalari at Singhdarbar-7 Strike kamalari at Singhdarbar-8 Strike kamalari at Singhdarbar-9 Strike kamalari at Singhdarbar-10 Strike kamalari at Singhdarbar-11 Strike kamalari at Singhdarbar-12 Strike kamalari at Singhdarbar-13
Strike kamalari at Singhdarbar-16

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.