केशरी र तिलकराम सम्मानित

काठमाडौं– राष्ट्रिय कीर्तिमानधारी एथलेटिक्स खेलाडीद्वय तिलकराम थारु र केशरी चौधरीलाई थारु फ्रेन्ड एसोसियसनले आइतबार सम्मान गरेको छ। नयाँ वर्ष तथा थारू समुदायको पर्व जुर शितलको अवसरमा फ्रेन्ड एसोसियनसनले तिलकलाई नगद ७७ हजार ५ सय रुपैयाँ र केशरीलाई १९ हजार ५ सय रुपैंपा प्रदान गर्‍यो। फ्रेन्ड एसोसिएसनका सदस्य सुरेन्द्र चौधरी पुलिसका खेलाडी तिलक र केशरीलाई खादा ओडाएर सम्मान गरेका थिए।
तिलकरामको १ सय, २ सय र ४ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान छ। यसैगरी केशरी एथ्लेटिक्समा सर्वाधिक कीर्तिमान राख्‍ने खेलाडी हुन्। उनले चार विधामा राष्ट्रिय कीर्तिमान राख्‍न सफल भएकी छन्। गत चैत २९ गते सम्पन्न ३८औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा २१ वर्षीया केशरीले ट्रिपलजम्पमा कीर्तिमान बनाएकी थिइन्। उनले १२ दशमल २० मिटर जम्प गर्दै आफ्नै पुरानो कीर्तिमान तोडिन्। केशरीले दुई वर्षअगाडि भएको एथलेटिक्स प्रतियोगितामा ११ दशमबल ६७ मिटरको कीर्तिमान राखेकी थिइन्। ३८औं राष्ट्रिय स्पर्धामा केशरीले राखेको तेस्रो कीर्तिमान थियो। उनले सोही प्रतियागिताको दौरान १ सय मिटर हर्डल्स र लङजम्पमा कीर्तिमान बनाएकी थिइन्।kesari and tilakram

थारु फ्रेण्ड एसोसिएसनका सुरेन्द्र चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिति बनेका नाइटिङ्गेल स्कुलका फाउण्डर प्रिन्सिपल तेजुलाल चौधरीले थारु खेलाडी एथलेटिक्समा मात्र सिमित नरहेर अरु खेलमा पनि अगाडि बढ्नुपर्ने बताए। डा. गंगाराम चौधरी, थारु पत्रकार संघ नेपालको सचिव गीता चौधरी तथा थारु महिला सभाको अध्यक्ष रेनु चौधरीले जुरु शितलको शुभकामना दिएका थिए।

Leave a Reply to EdwardCom Cancel reply

Your email address will not be published.