लुम्बिनी उत्खनन्बारेको प्रारम्भिक प्रतिवेदन

काठमाडौं- लुम्बिनी क्षेत्रमा ईशापूर्व करिब एकहजार ३०० वर्ष अघिदेखि नै मानवीय गतिविधि भएको ऐतिहासिक प्रमाण भेटिएको विज्ञहरूको दावी छ। पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले तीनवर्षदेखि गर्दै आएको अध्ययन तथा अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा यो दावी गरिएको हो। यस अनुसन्धानका पुरातात्विक उत्खनन् टोलीका नेता तथा सो विश्वविद्यालयका उपकुलपति रविन कनिङ्हामले मायादेवी मन्दिर र गुम्बा परिसरमा भेटाइएका काठद्वारा निर्मित संरचनाहरू ईसापूर्व छैंठौ शताब्दीको भएको जानकारी गराएका थिए। 

नेपाल सरकार र युनेस्कोले सन् २०११ देखि थालेको तीन वर्षे अनुसन्धान परियोजनाअन्तर्गत लुम्बिनीग्राम, मायादेवी मन्दिरभित्रको विभिन्न स्थान, अशोकस्तम्भ आसपास उत्खनन् गरिएको थियो। यसअघि विभागले गरेको अनुसन्धानमा सो क्षेत्रमा करिव इशापूर्व आठसय वर्ष अघि मानवीय गतिविधि सञ्चालन भएको पाइएको बताएको थियो। रासस

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.