आफूलाई प्रधानमन्त्री दिए समस्या हल गरिदिने गच्छदारको दाबी

सिरहा- देशलाई निकास दिन सबै पार्टीको नेता असफल भइसकेकाले अब आफूलाई सरकारको नेतृत्व दिनुपर्ने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दबी गरेका छन्। एमाले-कांग्रेस लगायतका ठूला दलको नेतृत्व असफल भइसकेको उल्लेख गर्दै उनले भने, ‘मैले नेतृत्व पाए देशको संकट पार गराइदिन्छु।’ ००७ सालदेखि अहिलेसम्म नागरिक आन्दोलनवाट पाएको उपलब्धि रक्षा गर्न ठूला दलका नेता असफल भउको आरोप उनले लगाए। सिरहामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘यो सरकारको विकल्प खोजियो भने मेरो नेतृत्वमा सहमतिको सरकार गठनको बिकल्प छैन्।’
सरकारले घोषणा गरेको संविधान सभाको चुनावको विकल्प नरहेको उल्लेख गर्दै उनले भने, ‘संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुको विकल्प छैन्। जातीय पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि घोषित संविधान सभाको चुनाव नचाकोले चुनावको विरोध गर्दै हिँडेका छन्।’

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.