कपिवस्तुको माघी सकियो, अञ्जली बनिन् सिङ्गिङ आइडल

रन्जना रौतार, कपिलवस्तु- थारु समुदायको प्रमुख चाड माघीको अवसरमा कपिलवस्तुमा सोमबारदेखि सुरु तेस्रो कपिलवस्तु माघी खिचडी महोत्सव सकिएको छ। माघी महोत्सव मूल आयोजक समितिको आयोजनामा पुस २७ देखि सञ्चालित महोत्सव गएराति सकिएको हो। महोत्समा थारु झुमरा, झररा नृत्य तथा रेकर्ड डान्स प्रतियोगिता सम्पन भयो। झुमरातर्फ नव जनशक्ति समूह मोतिपुर प्रथम, जनचेतना समूह बैदौल द्धितीय र दीप समूह ४ नम्बर जीतपुरले तृतीय स्थान हासिल गर्‍यो। झररातर्फ गाउँविकास समूह बोभनी प्रथम, जनचेतना समूह बैदौली द्धितीय, थारु जागृति युवा क्लव गजेहडा तृतीय स्थान हासिल गर्‍यो।
त्यस्तै रेकर्ड डान्सतर्फ जागृति क्लब पूर्व रहटकोल प्रथम, कन्चन्जंगा सामाजिक विकास संस्था गोरुसिंगे द्धितीय शान्ति समूह कोपवा तृतीय स्थान हासिल गर्‍यो। त्यस्तै थारु सिङ्गिङ आइडलमा रुपन्देही भगलापुरकी अन्जली थारु २०६९ को सिङ्गिङ आइडल बन्न सफल भइन्। कार्यक्रम माघी महोत्सव मूल आयोजक समितिका संयोजक जन्जिरप्रसाद थारुको अध्यक्षता तथा कृष्ण थारु र मीना चौधरीको सञ्चालनमा सम्पन्न भयो।

यसैबीच थारु संस्कृति संरक्षणका लागि कलम चलाएको भन्दै सामुदायिक रेडियो बुद्ध आवाजकम समाचार प्रस्तोता तथा कार्यक्रम सञ्चालिका रन्जना रौतार सम्मानित भइन्। विगत केही समयदेखि पत्रकारिताको माध्यमबाट थारु, कला, संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएको भन्दै थारु कल्याण्कारणी सभाका जिल्ला अध्यक्ष र माघी महोत्सव मूल आयोजक समितिका संयोजक जन्जिरप्रसाद चौधरीले दोसल्ला तथा प्रमाणपत्रले उनलाई सम्मान गरे।

Leave a Reply to SamuelRag Cancel reply

Your email address will not be published.