दाङमा माघीको उल्लास

सन्तोष दहित, दाङ- नेपालको आदिवासी जनजातिको रुपमा चिनिने थारु समुदायले आफ्नो महान पर्व माघी आज धुमधामका साथ उल्लासमय वातावरणमा मनाउदैछन्। प्रत्येक वर्ष माघ महिनाको १ गते देखि ७ गतेसम्म धुमधामसंग थारु समुदायले माघी पर्व मनाउदै आएकाछन्। हिजआज थारु समुदायमा माघीको रौनाकले छाएको छ।
खासगरि थारु समुदायका घना वस्ति रहेको पश्चिमका तराई जिल्ला दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत र कपिलवस्तु जिल्ला गरि ७ जिल्लामा वस्ने थारु समुदायले यो पर्व मनाउदै आएको पाइन्छ। थारु समुदायको धेरै पर्व रहेकाछन तथापी माघी पर्व लाई भने महान पर्वको रुपमनाउदै आएको थारु वुद्धिजीविहरुको भनाई रहेको छ। यति महत्व पर्व रहदा रहदै पनि माघी पर्वमा राज्यवाट सार्वजनिक विदा नदिदा आफ्नो परम्परावाट मनाउदै आएको महान पर्व माघी पनि लोप हुने हो की भन्ने थारु अगुवाहरुको चिन्ताको विषय वनेको छ। राज्यले विदा नदिएको कारण कुनै–कुनै गाँउमा महटावा, अघवा, चौकीदार चयन गर्नेमा पनि समस्या भएको थारु वुद्धिजीवि भुवन चौधरी वताए। उनि भन्छन यी महत्वपुर्ण नेतृत्व छान्नको लागि गाँउका सवै गरधुर्‍याहरु अनिवार्य जुटनुपर्छ। राम्रो क्षमतावान र वौद्धिक व्यक्तीलाई महटवाको नेतृत्व दिइन्छ चौधरीले भने। त्यसैगरि महटवालाई सहयोग गर्नको लागि एकजना अघवा पनि चयन गरिन्छ। महटवालाई सहयोग होस र गाँउका कुलो पानी वाटोघाटोको रेखदेख गर्नको लागि अघवालाई जिम्मेवारी दिइन्छ चौधरीले भने । त्यसैगरि गाँउको अन्नवाली, गाँउको सुरक्षको लागि चौकीदार लाई जिम्मेवारी दिने गरेको चौधरीले वताए। यी तीन व्यक्तीहरुको नेतृत्वमा वर्षभरिको जिम्मेवारी दिइन्छ। उनिहरुको हातमा गाँउको विकास देखि अन्य क्षेत्रमा काम गर्ने जिम्मा हुनेगरेको चौधरीले वताए। यसरी अघवा, महटवा, चौकीदार छानिसकेपछि वर्षभरिको योजना समेत वनाउने गर्दछौ चौधरीले भने। महटवा, अघवा र चौकिदार चयन गर्नुभन्दा अगाडी गएको वर्षको कामको लेखा जोखा गर्नुपर्छ चौधरीले भने। यी सवै काम गर्नको लागि पनि कम्तीमा चार पाँचदिन लाग्नेगर्छ चौधरीले भने। यति महत्वपुर्ण काम गर्नुपरेकोले त्यसैले पनि राज्यले थारु जातिको माघिमा कम्तीमा ३ दिनसम्म सार्वजनिक विदा दिनुपर्ने हो चौधरीले भने।
माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नको लागि पटक–पटक जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रि कार्यालय, गृहमन्त्रालयममा ज्ञापन पत्र वुझाउदा पनि सुनुवाइ नभएको वुद्धिजीवि कुलवीर चौधरीको भनाई रहेकोछ। उहाँका अनुसार माघी पर्वमा सके ५ दिन नभए ३ दिनसम्मको सार्वजनिक विदा हुनुपर्ने चौधरी वताउनुहुन्छ। थारु समुदाय पनि यहि देशका नागरिक हुन उनिहरुको पनि आफ्नो पहिचान छ। अरु समुदाय जस्तै थारु समुदायले पनि आफ्नो पर्व स्वतन्त्र वातावरणमा मनाउन पाउने थारु समुदायको अधिकार रहेको चौधरीको भनाई रहेकोछ। यति हुदा हुदै पनि थारु समुदायले आफ्नो पर्व पनि स्वतन्त्र तरिकाले मनाउन नपाएको र थारु समुदायका पर्वलाई राज्यवाट नै कुण्ठीत गरिरहेको चौधरीको भनाई छ। यो माघी पर्वमा थारु समुदायका नया वर्ष तथा खुशियालीको रुपमा पनि मनाउने गर्दछन। पहिला माघी पर्वमा कमैया, कमलरीको मोल तोक्ने, र उनिहरुलाई जमिन्दारको घरमा पठाउने जस्ता क्रिया कलाप गरेता पनि पछिल्लो चरणमा थारु समुदायको चेतना वृद्धि भएपछि आजभोली त्यस्को विरुद्धमा थारु समुदायका अगुवाहरु आवाज उठाउदै आएको पनि चौधरीले भने। अहिले सवै थारु समुदायमा चेतना फैलेपछि कमैया, कमलरी पठाउने प्रथा हराएको चौधरी वताउनुभयो। अव थारु जातिका जो कोहि पनि अरुको घरमा दासी वस्न नपरेकोले पनि त्यसको खुशियाली पनि माघीमा थारु समुदायले मनाउने गरेको चौधरीले भने।
यसैगरि दशै तिहारको विदा कटौटी गरेर भएपनि थारु समुदायको महान पर्वमा राज्यले विदा मिलाउनुपर्ने थारु महटवा रामप्रसाद चौधरीले वताउछन। उनले भने थारु समुदायको कुनै पनि पर्वमा विदा नदिनुभनेको थारुहरुको पर्वलाई उपेक्षा गरेको समेत आरोप लगाए चौधरीले। अरुको जातिको पर्वमा भने विदा दिने तर थारु जातिको पर्वमा किन नदिने उनले प्रश्न गरे। चौधरी भन्छन कुनैपनि हालतमा थारुजातिको महान पर्व माघीमा ३ दिन सम्म सार्वजनिक विदा राज्यले व्यवस्था गर्नुपर्छ चौधरीले भने। थारु जातिको कुन कुन पर्व कति महत्वपुर्ण छ त्यसको विषयमा थारु अगुवाहरु संग छलफल गरि क्यालेन्डरमा विदा उल्लेख गर्नुजरुरी रहेको चौधरीले वताए। कतिपए पर्वहरु राज्यले वेवास्ता गर्दा लोप भैइसकेका छन। त्यसको पुनजागरण गर्नको लागि राज्यले ठोस कडम चाल्नुपर्ने आवश्यक रहेको चौधरीले भने।
थारु जाति सस्कृतिको धनि समुदायको रुपमा चिनिने भएता पनि राज्यले थारु समुदायको चाडपर्वमा वेवास्ता गर्दै आएको पाइन्छ। यस विषयमा राज्यले गम्भिर भएर सोच्ने हो कि?

Leave a Reply to JamesSic Cancel reply

Your email address will not be published.