राजधानीमा माघी महोत्‍सव (फोटो फिचर)

काठमाडौं- राजधानीमा बसोबास गर्ने थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन्। टुडिखेलमा आयोजित माघी महोत्सवमा थारु समुदायको सांस्कृति झल्किने खानाका परिकार तथा भेषभुषा प्रदर्शन गरिएको थियो। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उद्‍घाटन गरेको महोत्सवमा सिँचाइमन्त्री महेन्द्रराय यादव, आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितलगायतका नेताले माघीको शुभकामना दिएका थिए। सोही समारोहको मदन चौधरीले खिचेका केही तस्बिर हेर्नुस् :
तपाइँ बस्ने जिल्ला वा क्षेत्रमा माघी महोत्सव मनाउँदै हुनुहुन्छ भने महोत्सवका तस्बिरहरु थारुवान डटकमको अफिसिलय फेसबुकमा अपलोड गर्न सक्नुहुन्छ। हामीले ती तस्बिरलाई थारुवान डटकममा प्रकाशित गर्नेछौं।

Leave a Reply to JamesSic Cancel reply

Your email address will not be published.