हात्तीको आक्राणबाट चितवनमा एक दम्पत्ति ठहरै

रत्ननगर- दक्षिण चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक दम्पतीको ज्यान गएको छ। आफ्नै घरमा सुतिरहेका बेला माडीको गर्दी गाविस ९ द्रोपदी नगरका ६५ वर्षीय वुद्धिराम बोट र उनकी ५५ वर्षीया श्रीमती जरिया बोटको हात्तीको आक्रमणबाट ज्यान गएको माडी प्रहरीले जानकारी दिएको छ। 
मध्यरातमा एक्कासि घरमा पसेको हात्तीले सुतिरहेको अवस्थामा आक्रमण गर्दा वुद्धिरामको घटनास्थलमै मृत्यु र उनकी श्रीमतीको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सो क्रममा हात्तीले घरको धान र बालीनालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ। गएको महिनामा पनि माडीमै हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो। गत महिनामा निकुञ्जले दाह्रा काटेर छाडेको हात्तीले नै आक्रमण गरेको स्थानीयवासीले बताएका छन्। निकुञ्जले हात्ती नियन्त्रणको प्रयास जारी राखेको जनाएको छ।
चितवन र पर्सा जिल्लामा विगत केही महिनादेखि हात्ती आतङ्क जारी छ। यो वर्ष मात्रै यी दुई जिल्लामा हात्तीको आक्रमणबाट एक दर्जन बढीको ज्यान गइसकेको छ। रासस

Leave a Reply to Oasoly Cancel reply

Your email address will not be published.