रेविकाले जितिन् मिस राजवंशी २०१२ को उपाधि

विराटनगर- मिस राजवंशी २०१२ को उपाधि झापा पाँचगाछीकी रेविका राजवंशीले जितेकी छन्। सोरा (सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्स) को आयोजनामा शनिबार मोरङको विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भएको कार्यक्रममा उनले उक्त उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद २५ हजार रुपैयाका साथै विभिन्न आर्कषक उपहारसमेत जितेकी छन्। उनले मिस टयालेन्टको उपाधिसमेत जितिन्।

त्यसैगरी फस्ट रनर अपमा मोरङ अमरदह (सुरत)की सपना राजवंशी र सेकेन्ड रनरअप मोरङकै उषा राजवंशीले जितिन्। उनीहरुले क्रमशः १५ हजार र दस हजार नगद पुरस्कार हात पारिन्। हेयर स्टायलिस्ट निल डेभिडको प्रमुख निर्णायकत्वमा भएको प्रतियोगितामा बेस्ट स्माइलमा यसोदा राजवंशी, बेस्ट क्याटवक कञ्चन राजवंशी, बेस्ट स्किन सपना राजवंशी, बेस्ट फिगरमा दिव्या राजवंशी, बेस्ट हेयरमा शिल्पा राजवंशी, मिस फोटोनेनिकमा सपना राजवंशी विजेता घोषित भइन्।
निर्णायक मण्डलमा आदिबासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष नागेन्द्र राजवंशी, नायिका हर्षिका श्रेष्ठ, फेसन डिजाइनर उत्तम बनेपाली र इन्जिनियर शिवराम राजवंशी थिए।
सोराका उपाध्यक्ष केशव राजवंशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीका १६ जना राजवंशी युवतीको सहभागिता थियो। हाउस अफ फेसन डिजाइन एण्ड इभेन्ट म्यानेजमेन्ट कठमाडौंका रोहित राजवंशी र नविन लुइटेलले कार्यक्रमको संयोजन गरेका थिए। रेडियो इन्द्रेणीका समाचार सम्पादक अर्जुन राजवंशी र रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply to IgnacioFut Cancel reply

Your email address will not be published.