बिहे गर्न नमानेपछि दस लाख क्षतिपूर्ति माग

रोल्पा- एक किशोरीले बिहे गर्न नमानेपछि केटा पक्षले क्षतिपूर्तिको माग गरेको छ। तालाबाङ– ७ भसमाखोरका १७ वर्षीया दिलमाया पुन मगरले झन्डै दोब्बर उमेर भएका गाउँकै ३० वर्षीय स्थानीयवासीसँग बिहे गर्न नमानेपछि केटा पक्षले बिहे खर्च मागेको हो। केही वर्षदेखि दाङमा सिलाइकटाइ सिकिरहेकी मगरले बिहे गर्ने इच्छा नभएको बताएको भए पनि केटा पक्षले जबर्जस्त गर्न गर्न खोजेको बताइएको छ।
“मैले ऊसँग बिहे नगर्ने भनेर पटक पटक केटा पक्षलाई जानकारी गराए पनि केटा पक्षले भने जन्ती लिएर घरमै आई जबर्जस्त गर्न खोजे ”मगरले गुनासो गरे। बहिनीले बिहे गर्न मानेकी छैन भनेर केटा पक्षसँग बारम्बार कुरा गरिए पनि आफ्नो कुराको बेवास्ता गरेको र यही मङ्सिर १४ गते नै जन्ती घरमा आएको दिलमायाका दाजु हस्तबहादुरले बताए। कि बिहे गर्ने कि रु १० लाख बराबरको क्षतिपूर्ति दिनुपर्ने दबाब दिइएको हस्तबहादुरले जानकारी दिए।
तीन दिनसम्म केटीको घरमा बसेका उनीहरुलाई प्रहरीले घर पठाए पनि अहिले आएर प्रहरी चौकी इरिबाङ ओबाङमा क्षतिपूर्तिका लागि उजुरी दिएका छन्। रासस

Leave a Reply to TimothyMat Cancel reply

Your email address will not be published.