मिस राजवंशीका २२ प्रतिष्पर्धी बन्द प्रशिक्षणमा

अर्जुन राजवंशी, मोरङ- मिस राजवंशी २०१२ को फाइनल राउण्डमा यसपटक पनि २२ जना युवतीहरु उत्रने भएका छन्। झापा र मोरङका यी २२ जना राजवंशी युवतीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ। मंसिर २ गते झापाको विर्तामोड र ९ गते मोरङको विराटनगर अडिसनबाट छनौट भएका उनीहरुलाई विराटनगरको औषधी व्यवसायी संघको हलमा ११ दिने बन्द प्रशिक्षणमा राखिएको छ। व्यक्तित्व विकासका लागि आत्मविश्वास बटुल्न झापा र मोरङका ग्रामिण क्षेत्रबाट सोमबारसम्म २२ जना राजवंशी युवती विराटनगरमा भेला भइसकेका छन्। झापा, मोरङ र सुनसरीका अधिकांश ग्रामिण भेगमा बसोबास गर्ने राजवंशी समुदायका युवतीमा व्यक्तित्व विकासका साथै उनीहरुमा रहेका प्रतिभा प्रष्फुटनका लागि सोसल अर्गनाइजेशन अफ राजवंशी एब्ओरिजिन्स् (सोरा) नामक संस्थाले गत वर्षदेखि मिस राजवंशी प्रतियोगिता सुरु गरेको थियो।

यस पटकको मिस राजवंशीमा झापाबाट रेबिका, योसोदा, बसन्ती र जसोदा राजवंशी, त्यस्तै मोरङबाट सपना, शिल्पा, रत्नकला, दिव्या, सरस्वती, कञ्चन, बिमला, पूजा, कमला, उषा, सुनिता, मेनुका, रेनुका, सीता, रितमाला, कविता, सशिता र रञ्जना राजवंशी छनौटमा परेका छन्। प्लस टु र डिप्लोमा अध्ययनरत यी युवतीबीचको फाइनल भने आगामी मंसिर २३ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा हुनेछ। काठमाडौंबाट आएका हाउस अफ फेशन डिजाइन एण्ड इभेन्ट मेनेजमेण्टका नबिन लुइटेल र रोहित राजवंशीले प्रशिक्षण दिनेछन्। मिस राजवंशीको विजेताले नगद २५ हजारका साथै अन्य आकर्षक पुरस्कार पाउने छन्। त्यस्तै फष्ट र सेकेण्ड रनरअपले क्रमशः १५ तथा १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

बेष्ट क्याटवक, बेष्ट पर्शनालिटी, बेष्ट स्माइल, बेष्ट हेयर, बेष्ट ट्यालेण्ट, बेष्ट स्किन, बेष्ट फिगरको टाइटल गरी थप सात विधामा पुरस्कार प्रदान गरिनेछ। यसअघि झापाको विर्तामोडमा सम्पन्न प्रथम संस्करणको मिस राजवंशी २०११ को ताज चारआलीको राधिका राजवंशीले जितेकी थिइन भने हल्दिबारीकी माया राजवंशी फष्ट रनरअप तथा चारपानेकी ममता राजवंशीले सेकेण्ड रनरअपको ताज जितेकी थिइन्।

Leave a Reply to JohnnyTaf Cancel reply

Your email address will not be published.