वैशाखमा चुनाव नभए आन्दोलन : कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी वैशाखमा हुने संविधान सभाको निर्वाचनबाट राप्रपा नेपालले बोकेको विचार र मान्यताले एउटा शक्तिको रुपमा स्थापित हुने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन, काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनको उद्‍घाटन गर्दै उनले निर्वाचनमा जाँदा जनताबाट दण्डित हुने भयले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी चुनावमा जान आनाकानी गरिरहेको बताए। 
सो पार्टीका नेता केशरबहादुर विष्टले मुलुकको नेतृत्व राप्रपाको हातमा आएमात्र देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा हुन सक्ने बताए। उपाध्यक्ष धवलसम्शेर राणाले राप्रपा नेपालले केन्द्रीय कमिटीमा ५० प्रतिशत महिलालाई समावेश गर्नुपर्ने निर्णय गरेको जानकारी दिए।
राप्रपा नेपाल काठमाडौं जिल्ला कमिटीका अध्यक्ष श्यामप्रसाद घिमिरे, सङ्गठनका कोषाध्यक्ष सीता लुईंटेललगायतका वक्ताले अधिकार प्राप्त गर्न मागेर होइन खोसेर लिनुपर्ने आवश्यकतामा जोड दिए। सो अधिवेशनमा काठमाडौं महानगरपालिकाभित्रका ३५ वडाका महिला प्रतिनिधिहरुको सहभागिता थियो। रासस

Leave a Reply to Phillipurink Cancel reply

Your email address will not be published.