पूर्वाञ्चल सिंगिङ स्टारमा मीना

सुनसरी- नवगायिका मीना चौधरी पूर्वाञ्चल सिंगिङ स्टारको टप १५ भित्र पर्न सफल भएकी छन्। भोजपुर बासीखोरा समाजले आयोजन गरेको यस प्रतियोगितामा मीनाले दुई सय प्रतिस्पर्धीलाई उछिन्दै टप १५ भित्र परेकी हुन्। थारु भाषालगायत नेपाली गीतसमेत गाउने सुनसरी रामधुनीका २१ वर्षीया मीनाले गायनमार्फत् थारु भाषाको जगेर्ना गर्ने बताइन्।

सानैदेखि गीत गाउने रुचि राख्ने र शास्त्रीय संगीतसमेत सिक्दै गरेकी मीनालाई टप टेन प्रवेशका लागि भने सहज छैन। सामान्यतया टप टेनपछि मात्र खोलिने भोटिङ प्रणाली टप १५ देखि नै लागू गरिएपछि उनको प्रवेश जटिल बनेको हो। उनले भोटिङ गरेर सहयोग गरिदिन सबैमा आग्रह गरेकी छन्। उनलाई PSS स्पेस 05 टाइप गरी 7272 भोट गर्न सकिन्छ।

गीत गाउनेबाहेक उनले लुगा सिलाउने कामसमेत गर्छिन्। ‘पहिले पहिले छोरीलाई हरेक कुरामा बन्देज लगाइन्थ्यो,’ मीनाले थारुवानसँग भनिन्, ‘घरबाटै प्रोत्साहन पाएपछि मैले यो क्षेत्र रोजेको हुँ।’

उनका बाबु सुकदेव चौधरीले छोरी भनेर भेदभाव नराखेको बताए। ‘छोरी भनेर मैले भेद्‍भाव गरेको छैन,’ उनले भने, ‘मेरी छोरी जे सिक्न चाहन्छिन् म सिक्न दिनेछु।’ उनले त्यसप्रति आफूले गौरवसमेत गर्ने बताए। आमा सीता चौधरीले पनि आफ्नी छोरीले संगीत सिकेर ठूलो मान्छे बनोस् भन्न चाहन्छिन्।

 

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.