मिस राजवंशी मङ्सिरमा

पहिलो मिस राजवंशीका विजेता राधिका राजवंशी (बीच)सहित पहिलो र दोस्रो रनरअप। तस्बिर : पूर्वेली टाइम्स

विराटनगर- विराटनगरमा आगामी मङ्सिर २३ गते मिस राजवंशी २०१२ हुने भएको छ। सोसल अर्गनाइजेसन अफ राजवंशी एवं ओरिजिन्स सोराको बिहीबार यहाँ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। झापा, मोरङ र सुनसरीमा बसोवास गरेका राजवंशी समुदायका युवतीमा आत्मविश्वास बढाउने एवं व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष डा गौतम राजवंशीले जनकारी दिए।

प्रतियागिता सम्पन्न गर्न संस्थाका उपाध्यक्ष केशव राजवंशीको संयोजकत्वमा सात सदस्यीय कार्यक्रम समिति गठन गरिएको छ। एसएलएसी उत्तीर्ण युवतीले प्रतियोगिता भाग लिन पाउनेछन्। मिस राजवंशी विजेतालाई रु २५ हजार, फस्ट रनरलाई रु १५ हजार तथा सेकेन्ड रनरलाई रु १० हजारका साथै अन्य आकर्षक पुरस्कार पनि राखिएको छ।
गत वर्ष झापाको बिर्तामोडमा सम्पन्न प्रथम मिस राजवंशीको उपाधि झापा चारआलीकी राधिका राजवंशीले प्राप्त गरेकी थिइन्। रासस

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.