कपिलबस्तुमा थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता

कपिलबस्तु- बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा दुई दिने जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ। कपिलबस्तुको जनकल्याण उच्चमाबिको प्राङ्गणमा भएको उक्त कार्यक्रमको हरियाली सामुदायिक बन उपभोत्ता समूह बकुलीपुर, युवा विकास समूह बकुलीपुर र चन्द्रमा युवा क्लव मैटहवाले संयुक्त आयोजना गरेको थियो।

प्रतियोगीतामा झुमडातर्फ शिवशक्ति समूह भेलाई प्रथम, एकता समूह सिउटी द्धितीय भए। रेकर्ड डान्सतर्फ जागृति युवा क्लब प्रथम, जागरण समूह बुढ्ढी द्धितीय भए। त्यस्तै कन्चनगंङ्घा युवा क्लब गोरुसिंगे तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगीतामा १८ समूहको सहिभागीता रहेको आयोजकले जनाएको छ। थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीनिवास चौधरीले बताए। कार्यक्रम रन्जना रौतार र प्रदीप चौधरीले सञ्चालन गरेका थिए। कार्यक्रममा १० हजार बढी दर्शकको सहभागीता थियो। कार्यक्रमको सामुदायिक टेलिभिजन लुम्बिनी टेलीभिजन, सामुदायिक रेडियो बुद्ध र आवाज रेडियो समानताले प्रत्यक्ष प्रशारण गरेको थियो।

Leave a Reply to Ronaldpen Cancel reply

Your email address will not be published.