३९ किलोमिटर माथिबाट हाम फाल्दा…

एजेन्सी- अस्ट्रियाका स्काइडाइभर फिलेक्स वामग्राट्नरले ध्वनिभन्दा तिब्र गतिमा पृथ्वीमा अवतरण गर्ने कीर्तिमान बनाएका छन्। फिलेक्सले १ हजार ३ सय ४२ किलोमिटरप्रति घण्टाको दरले दूरी पार गर्दै यो रेकर्ड बनाएका हुन्। ४३ वर्षे फिलेक्सले गएराति पृथ्वीभन्दा ३९ किलोमिटर माथिबाट हाम फालेर १० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन्। यससँगै उनले ५० वर्ष अघिको सबैभन्दा उच्च स्थानबाट हाम फालेर बनाएको रेकर्डसमेत तोडेका छन्। उनी पृथ्वीमा अवतरण गरेको दृष्य भिडियो क्यामेराबाट कैद गरिएको थियो भने कन्ट्रोल रुमबाट उनको तिब्र यात्राको निगरानी गरिएको थियो।

आफ्नो यात्राका क्रममा उनले ध्वनीको रफ्तारलाई पनि पछि छाडे र एक समय १३४२ किलोमिटर प्रतिघण्टाको रफ्तारसम्म पुगे। उनलाई जमिनसम्म आइपुग्न मात्र १० मिनेट लागेको थियो। जमिन नजिकै आएपछि केही हजार फिटको दूरीमा उनको प्यारासुट खुलेको थियो। सन् १९६० मा किटिगरले पृथ्वीभन्दा ३१ किलोमिटर माथिबाट हाम फालेर रेकर्ड बनाएका थिए।

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.